नेक्सु कर्नर र गोदावरी बाल आविष्कार केन्द्रलाई ५ लाख बराबरका स्टीम सामग्री सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको नेक्सु कर्नर गोदावरी बाल आविष्कार केन्द्रलाई ५ लाख बराबरका स्टीम सामग्री सहयोग गरीएको छ । स्टीम सेल फाउन्डेसन अष्ट्रलीयाले उत्त सामग्री सहयोग गरेको हो । नेक्सु कर्नर सूर्य बहादुर थापा, जेनुल सिद्दिकी र अपेक्षा कुवर मिलेर खोलेको एउटा क्लब हो भने भने गोदावरी बाल आविष्कार केन्द्र पनी किरण भट्ट, सूर्य बहादुर थापा, जेनुल सिद्दिकी, अपेक्षा कुवर मिलेर खालेको क्लब हो । समाजमा उत्पन्न हुने समस्याहरुलाई नयाँ प्रविधि बाट समाधान कसरी गर्ने भन्नेबारे यी दुवै क्लबहरुले सिकाउने गरेका छन् ।

यी क्लबहरुले विद्यालयहरुमा गएर कम सेवा शुल्कमा प्रविधिका कक्षाहरु सञ्चालन पनि गर्ने गर्दछन् । आर्थीक अवस्था न्युन भएका बालबालीकाहरुलाई निशुल्क पनी कक्षा दिने गरेका छन् । नेपाल स्टीम ०.३ मा पनी आयोजकका रुपमा रहेका यी क्लबहरुले होटलमा वेटरको काम गर्ने रोबोट पनि बनाएका छन्, भने नेपालकै सबै भन्दा ठूलो र पहिलो स्मार्ट सिटी को पनि नमुना बनाएका थिए ।

nisarga