
धनगढी – धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका छन् । महोत्सव आज देखी १३ गतेसम्म जारी रहने छ ।
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ। साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ। महोत्सव आयोजनाका लागि रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ।














