सुदूरपश्चिममा गहुँको मुल्य ३ हजार ३५१ रुपैयाँ कायम

Image
maya metro

अत्तरिया – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा गहुँको नयाँ मुल्य निर्धारण गरेको छ ।

कार्यालयले धनगढीमा रहेको मोहनपुर, टीकापुर र सत्ती गोदाममा फ्रेस गहुँको मुल्य प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ कायम गरिएको छ ।

nisarga

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुचना जारी गर्दै २०८० बैशाखको पहिलो हप्तादेखि गहुँ खरिद कार्य सुरु हुने जनाएको ।