बैतडी जिप दुर्घटना: सडकमा शव राखेर प्रर्दशनमा आफन्त

Image
maya metro

अत्तरिया – बैतडीमा जीप दुर्घटनाका मृतकका आफन्तले शव सडकमा राखेर प्रर्दशन गरेका छन् । उनीहरुले आवस्यक क्षतिपूर्ति नपाउदासम्म शव नबुझ्ने अडान राखेका छन् । उनीहरुले बुधबार बिहानै देखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग खुलेपनी शव नबुझ्ने अडान कायमै राखेका छन् । चालक सम्पर्कमा आएका छैनन् ।

मंगलबार राती ११ बजेको समयमा खोडपे–बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको थियो । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्युभएको हो ।

nisarga

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् । जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् ।