
अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले सामुदायिक वनको जमीनमा आफ्नो भवनको शिलान्यास गरेपछी सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।
गोदावरी -१ मा रहेको सुरक्षा महिला सामुदायिक वनको खाली भागमा क्षेत्र न-४ को क्षेत्रीय पार्टी कार्यालय बि. पि. स्मृति भवन बनाउन शुरु गरेको हो ।

भवनको क्षेत्र नम्बर ४ का सांसद कांग्रेस प्रदेश सभापती बिर बहादुर बलायरले मंगलबार शिलान्यास गरेका छन ।
वनमा रहेका सुकुम्बासीको टहरा भत्काएर पार्टीको भवन शिलान्यास हुनु भनेको साना एन र ठुलालाई चयन भनेजस्तै भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको धारणा छ ।













