
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना मा वि मा करिब तीन हजार छ सय विधार्थी अध्ययनरत छन् । ७९ जना शिक्षक रहेको उत्त विधालयमा १२ जना मात्रै स्थायी शिक्षक छन् । १७ जना राहत, र २५ जना नगर शिक्षक छन् । बाँकी १२ जना नीजी र १० जना आशिंक शिक्षक हुन् । ३ जना सहजकर्ता छन् । २ जना अनुदानका गरी १४ जना कर्मचारी छन् । विद्यालयका अनुसार नीजी स्रोतबाट ३७ जनालाई पारीश्रमीक दिनुपर्छ । उनीहरुलाई पारीश्रमीक दिने जीम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई छ । विद्यालयका प्रधानाध्यापक शिवराज जोशी एउटै शिक्षकले १० वटा कक्षा सम्म पढाउनुपर्ने बाध्यता रहेको बताँउछन् ,एउटै कक्षामा एक सय आठ जनासम्म विधार्थी राखेर । विधार्थीबाट शुल्क नलीने हो भने विद्यालय नै बन्द गरेर बस्नु पर्ने अवस्था आउने प्रधानाध्यापक जोशीको भनाई छ । विधालयको सरसफाई,बिजुली,पानी लगायतको खर्च पनी विधार्थीबाट उठाईएको शुल्कबाट नै तिर्नुपर्छ । मसलन्द खर्च भन्दै सरकारले ३० हजार दिने गरेको छ जुन निकै अपुग हुने विद्यालयको भनाई छ ।
गोदावरी नगरपालीकाकै वडा नम्बर ४ को हाटखोलीमा रहेको दुर्गा मा वि मा चार सयको हाराहरीमा विधार्थी छन् । उत्त विद्यालयमा एकजना पनी स्थायी शिक्षक छैनन् । राहत ३ जना,अनुदानमा ४ जना, नगर शिक्षक ६ जना र नीजी स्रोतबाट ६ जना शिक्षक छन् । उत्त विद्यालयले अभिभावकबाट वाषीर्क रुपमा चन्दा उठाएर ६ जना नीजी शिक्षक,३ जना कर्मचारी लाई तलब खुवाउँदै आएको छ भने ६ जना नगर शिक्षकलाई पनी नगरपालीकाले दिएको तलबमा केहि थपेर दिने गरेको छ । नगरपालीकाले दिने तलब कम भएका कारण हरेक विद्यालयहरुले नगर शिक्षकहरुलाई केहि रकम थपेर दिने गरेका छन् । विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर साँउद सरकारले आधारभुत शिक्षा निशुल्क भनेको भएपनी लगानी नबढाएको बताँउछन् ।

गोदावरी नगरपालीकाकै वडा नम्बर ८ मा रहेको समैजी मा वि मा एक हजार ३९ जना विधार्थी अध्ययनरत छन् । यहाँ जम्मा ६ जना मात्रै स्थायी शिक्षक छन् । अनुदानमा २ जना,राहतमा ३ जना र नगर शिक्षक ४ जना छन् भने नीजी स्रोतबाट ६ जना शिक्षक छन् । यती गर्दापनी एकै शिक्षकले सात वटा कक्षा पढाउनु पर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले बताईन् । “मापदण्ड बमोजीम एक शिक्षकले पाँच ओटा कक्षा पढाउनुपर्ने हो उनले भनीन् तर हामी एकै कक्षामा ठुलो संख्यामा विधार्थी राखेर सात ओटा कक्षा लिँदै आएका छौँ ।” विद्यालयमा लेखापाल, कार्यालय सहयोगी, पाले गरी ५ कर्मचारी पनी जना छन् । ६ जना नीजी शिक्षक र पाँच जना कर्मचारीलाई पुर्ण रुपमा पारीश्रमीक दिने जीम्मेवारी विद्यालयको हो । त्यतिमात्रै नभई नगर शिक्षकलाई र बालविकास शिक्षकलाई केहि पारीश्रमीक थप दिने जिम्मेवारी पनी विद्यालयकै काँधमा छ । जस्को स्रोत भनेको विधार्थीबाट लिईने शुल्क नै हो ।
समैजी मा वि मा गत वर्षदेखी कक्षा ११ र १२ संचालन भयो तर शिक्षक भने छैनन् । १० कक्षा सम्म पढाँउदै आएका शिक्षकहरुले नै कक्षा ११ र १२ लाई पनी पढाँउदै आएका छन् । शिक्षक अभाव हुँदा एकै शिक्षकले धेरै कक्षा लिनुपर्ने‚ तल्लो तहकाले माथिल्लो तहमा पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक ओली बताँउछीन् । यी केहि प्रतिनिधी विद्यालय मात्रै हुन् । नगरका प्राय सबै विद्यालयमा शिक्षक अभाव रहँदै आएको छ । गोदावरी नगरपालीकाका प्राविधीक सहायक विष्णु अवस्थीका अनुसार नगरपालीकामा स्थायी शिक्षककको संख्या एक सय ६९ जना छ । शिक्षक परिपुर्तीकालागी विद्यालयहरुले नीजी स्रोतबाट शिक्षक राख्दै आएका छन् । नीजी स्रोतबाट राखेका शिक्षकलाई पारीश्रमीक दिनकै लागी विधार्थीसंग शुल्क लीनुपर्ने बध्यता रहेको दुुर्गालक्ष्मी नमुना मा वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाह बताँउछन् ।
बिुधबार मात्रै गोदावरी नगरपालीकाले “निशुल्क शिक्षा कार्यान्वयन गर्नु” भन्दै सुचना जारी गरेको छ । “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ ले माध्यमिक तहसम्मको शिक्षामा शुल्क लिन नहुने व्यवस्था गरेको र यस नगरपालिका अन्तर्गतका केहि सामुदायिक विद्यार्थीहरुबाट शुल्क लिने गरेको साथै शुल्क तिर्न नसकी विद्यार्थीहरुले पढाइ छोड्नुपर्ने अवस्था सिर्जना भएको भन्ने गुनासो आएकोले विद्यार्थीहरुबाट कुनै किसिमको शुल्क नलिइ निःशुल्क शिक्षा कार्यान्वयन गर्न हुन अनुरोध छ”शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत प्रयागराज जोशीद्धारा जारी सुचनामा भनीएको छ ।
शुल्क नलेउ भन्ने सरकारले विद्यालयमा शिक्षक अभावको समस्या पनी महसुस गरी समाधान गर्नुपर्ने शाह बताँउछन् । गुणस्तर राम्रो भएका सामुदायिक विद्यालयमा पछील्लो समय विधार्थी खचाखच छन् तर सरकारले वर्षौदेखी दरबन्दी सिर्जना गर्नुभन्दा राहत, सिकाइ, अनुदान आदि नाममा शिक्षक पठाउँदै आएको छ । जस्का कारण विद्यालयमा शिक्षकको चरम अभाव छ । हाल उपलब्ध शिक्षकलाई पनी विधार्थी संख्याको आधारमा वयवस्थापन गर्ने हो भने समस्या केहि हदसम्म भएपनी समाधान हुने सरोकारवाला बताँउछन् । गोदावरी नगरपालीकाले केहि दिन अघी नगर शिक्षा समिति पनी गठन गरेको छ । शिक्षकको व्यवस्थापन गर्ने विषयमा समितिमा छलफल भईरहेको समितिका सदस्य डम्बर पालले बताए । सरकारले आवश्यक दरवन्दी नदीँदा संविधान मै व्यवस्था भएको निशुल्क शिक्षा कार्यान्वयन गर्न चुनौति रहेको उनले बताए । शिक्षक पदपुर्ती तथा व्यवस्थापनकालागी चाँडै बृहत छलफल गरीने उनले बताए ।



















