Attariya Hospital Pvt.Ltd.

गोदावरी- ४ द्धारा एक करोड १२ लाख बढीको बजेट सार्वजनिक

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ ले एक करोड १२ लाख बढीको बजेट सार्वजनिक गरेको छ । बिहिबार सम्पन्न भएको सातौँ वडा भेलामा वडाले एक करोड बाह्र लाख,अन्ठाउन्न हजार ७९९ रुपैँयाको बजेट सार्वजनिक गरेको हो । आर्थीक वर्ष २०८०÷८१ का लागी निति तथा कार्यक्रम सार्वजनिक गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले पुर्वाधार विकास तर्फ ६७ लाख ५५ हजार रुपैँया विनीयोजित गरीएको बताए । जस अन्र्तगत वडा स्तरिय गौरवको योजनाका रुपमा भम्का सिँचाई योजना कार्यक्रमलाई अगाडी बढाईने वडा अध्यक्ष मल्लले बताए । त्यस्तै पुर्वाधार विकासतर्फ ढल निकास,तटबन्धन,भवन निर्माण लगायतका कार्य गरीने बताईएको छ ।

त्यसैगरी सामाजिक विकाश तर्फ १६ लाख उनानब्बे हजारको बजेट विनीयोजीत भएको छ । जसअन्र्तगत शिक्षा, युवा तथा खेलकुद विकाश ,स्वास्थ्य ,संस्कृति प्रवर्द्धन लगायतका कार्य गरीने अध्यक्ष मल्लले बताए । लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण,महिला, बालबालिका तथा अपाङ्गता विकास कार्यक्रम ,विपन्न दलित, आदिवासी, जनजाती, मधेसी, मुस्लिम समुदाय तथा पिछडिएको वर्ग सम्बन्धित कार्यक्रम जनचेतना मुलक कार्यक्रम गरीने उनले बताए । वडाले आर्थिक विकाश तर्फ ११ लाख २५ हजार रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।

सो शिर्षक अन्र्तगत कृषि, उद्योग तथा वाणिज्य (बिउबिजन, औषधी उपकरण, अनुदान तथा प्राविधिक सहयोग, पशुपन्छी विकाश ,पशुपन्छी वितरण तथा सहयोग प्राविधिक सहयोग,पर्यटन, गरिबि न्यूनिकरण उद्यम विकास सिपमुलक तथा आयमुलक कार्यक्रम संचालन गरीने छन् । वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ लाख रुपैँया विनीयोजन गरेको वडाले वन तथा भु संरक्षण,जलाधार तथा वातावरण संरक्षण,वन जंगल तथा डढेलो नियन्त्रण लगायतका कार्यक्रम गर्ने जनाएको छ । त्यसैगरी वडा नम्बर ४ ले सुशासन तथा सँस्थागत विकास तर्फ १३ लाख ८९ हजार ७९९ रुपैँया छुट्याएको छ ।

Nawadurga
Loading...