
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका विद्यालय असार १ गते सम्मकालागी बन्द हुने भएका छन् । आइतबार नगरपालीकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धी भएकाले विद्यालय भोलीदेखी असार १ गते सम्मकालागी बिदा दिएको जनाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार खत्रीद्धारा जारी सूचनामा गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले बर्षे र हिउँदे विदाबाट मिलान हुने गरी विदा दिइएको उल्लेख गरिएको छ ।

साथै दादुरा र रुवेला खोपका लागि निर्धारित कार्यक्रम भने यथावत रहने नगरपालीकाले जनाएको छ ।




















