
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका विद्यालयमा गर्मी बिदा ६ गतेसम्म थप गरीएको छ । आइतबार नगरपालीकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशीले एक सुचना जारी गर्दै ६ गतेसम्म बिदा दिईएको बताएका छन् ।
“अत्याधिक गर्मी भइ विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना रहेकोले वर्षे वा हिउँदे बिदाबाट मिलान हुनेगरी असार ४ गतेदेखी ६ गतेसम्म बिदा दिईएको व्यहोरा निर्देशनानुसार अनुरोध छ शिक्षा शाखा अधिकृत जोशीद्धारा जारी सुचनामा भनीएको छ ।”

यसअघि नगरपालीकाले जेठ २९ गतेदेखी असार ३ गतेसम्म बिदा दिएको थियो ।




















