तोलाको ८ सयले घट्यो नेपाली बजारमा सुन

Image
maya metro

काठमाडौं – नेपाली बजारमा सुन तोलामा ८ सयले घटेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

nisarga

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको छ।

मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।