
अत्तीरया – शहिद शरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले विश्वविद्यालय परिसरमा धान रोपेर विरोध प्रर्दशन गर्ने भएको छ ।
भोली शुक्रबार धान दिवशको अवसर पारी समितिले विश्वविद्यालय परिसरमा धान रोपेर विरोध गर्ने समितिकी सदस्य धर्मी खड्काले बताईन् ।

कैलालीको गेटामा रहेको उत्त विश्वविद्यालय परिसरमा बिहान ७ बजे धान रोपेर विरोध गर्ने कार्यक्रम रहेको उनले बताईन् ।
संघर्ष समितिले सरकारले जेठ १५ गते बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल बनाउने घोषणा गरेपछि करिब १ महिनादेखि आन्दोनलका कार्यक्रम गर्दै आइरहेको छ ।



















