
अत्तरिया – कैलालीमा विधालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीकी ६ वर्षीया छोरी गीता खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शुक्रबार विधालयबाट घर फर्किने क्रममा बालिकालाई खहरे खोलाले बगाएको प्रहरीले जनाएको छ ।
खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल बालिकाको शव भेटिएको हो ।
बालिकाको शव पोष्टमार्टम पछी आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।



















