
अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले विद्यालयलाई बेन्च डेस्क हस्तान्तरण गरेको छ । सँस्थाले गोदावरी नगरपालीका वडा नम्बर ३ मा रहेको सरस्वती आधारभुत विद्यालयलाई बेन्च डेस्क हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदाईत्व अन्र्तगत आर एस डिसी समेतको सहयोगमा विद्यालयलाई ५० जोर बेन्च डेस्क हस्तान्तरण गरीएको सँस्थाका प्रबन्धक प्रकाश जोशीले बताए । मानाङ्क बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले सामाजिक उत्तरदाईत्व अन्र्तगत हरेक वर्ष विभीन्न क्षेत्रका सहयोग गर्दै आएको छ ।


मानाङ्क बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले चौकिडाँडा सामुदायिक वनले हस्तान्तरण गरेको महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी समेत लिँदै आएको छ । जस अन्र्तगत यस सहकारीले वार्षीक ८ लाख ५० हजार रकम व्यहोर्दै आएको छ ।



















