एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई भैरवप्रसाद गणको सम्मान

Image
maya metro

डोटी – एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डोटीको सिलगढी स्थीत भैरवप्रसाद गणले सम्मान गरेको छ । २०७९ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने एन सि सि विद्यार्थी तथा नेपाली सेनाका बहालवाला तथा भु पु सैनिकका सन्ततिहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा एन सि सि विद्यार्थीहरु सुजंग बोर्डिङ स्कुलकी छात्रा दिया बोगटी (३.७५ जि पि ए),सुजंग बोर्डिङ स्कुलकै छात्र आशिष् खडका(३.८०जि पि ए),पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विधालयकि छात्रा कल्पना साउद (३.०५ जि पि ए)पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयकै छात्र उत्तम बडैला (२.७० जि पि ए) रहेका छन् ।

nisarga

त्यसैगरि बहालवाला सैनिक सन्ततीबाट श्री नं ४ फि ए मा कार्यरत हुद्दा निरज बोहराका छोरा पद्म पब्लिक मुक्ति नारायण माध्यमिकका असोक बोहरा (३.१५ जि पि ए),श्री नं ५ बाहिनी अड्डामा कार्यरत हुद्दा सुबास कठायतकी छोरी पबित्र आवासीय माध्यमिक बिधालयकि प्रतिभा कठायत(२.९५ जि पि ए) र भुपु सन्ततीबाट लक्ष्मी माध्यामिक बिधालय आदर्श गाउपालिकाकि राम बहादुर रोकायाकी छोरी पुष्पा रोकाया(२.३५ जिपिए) र पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका टेक बहादुर नायकका छोरा प्रवेश नायक(३.२६ जिपिए) लाई सम्मान स्वरुप कदर पत्र र मायाको चिनो प्रदान गरिएको गणका सहायक सेनानी विपिन नगरकोटिले बताए ।

शिक्षानै जिवनको महत्वपूर्ण सम्पत्ति भएका कारण आफ्ना सन्ततिलाई गुणस्तरीय शिक्षा आर्जन गर्न उतप्रेरित गर्ने उदेश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको गणपति भैरव प्रसाद गणका गणपति जनमत कार्कीले बताए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी ,शिक्षक,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।