
तिम्रो मिठो बोलाई बाट………………………
तिम्रो मिठो बोलाई बाट मनमा आशा पलायो
तिम्रो योगदानले जिन्दगीको लक्ष्यमा पुगियो
पवित्र मायाले आफ्नोपनको आभास गरायो
माया गर्ने मान्छेको बोलीले सम्झना गरायो
दिलले सम्झाउने गर्छ यो कुरा दिलले सम्झाए झैँ लाग्छ
मायाले साहस बढाउँछ,मायाको अलग्गै कहानी छ

यी आँखाको आशुमा पनि प्यार लुकेको छ
तिमि देखि टाढा कसरी बसेको छु मलाई थाहा छ
तिम्रो चाहना पुरा गर्न खोजेको छु
म सँग जे छ सबै कुरा बताएको छु
मायाका कुराहरू गहिरिएर सुनेको छु
मेरो सबै कुरा उनीलाई सुनाउने छु
दिलमा के कुरा चल्यो हङ्गामा चलेको छ
दिलले सम्झाउने गर्छ यो कुरा दिलले सम्झाए झैँ लाग्छ
नाम (गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न।पा।२ दिपायल डोटी














