
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा सामुदायिक विद्यालय व्यवस्थापन समुन्वय समिति गठन गरीएको छ ।
शनीबार अत्तरिया स्थीत दुर्गालक्ष्मी नमुना मा वि मा बसेको सामुदायिक विद्यालयका अध्यक्षहरुको भेलाले समिति संयोजकमा गणेश शाहलाई छनोट गरेको हो ।

समितिमा १६ जना सदस्य रहेका छन् । समितिले गोदावरी नगरपालीका भित्र रहेका सामुदायिक विद्यालयहरुको समस्या समाधानकालागी पहल गर्ने जनाईएको छ ।



















