
अत्तीरया – कैलालीको गोदावरी नगरपालीकाका सामुदायिक विद्यालयका अध्यक्षबिच व्यवस्थापकिय छलफल भएको छ । शनीबार अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा वि ले व्यवस्थापकिय छलफल तथा अन्र्तक्रियाको आयोजना गरेको हो । कार्यक्रममा दुर्गालक्ष्मी नमुना मावि का व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा गोदावरी नगरपालीकाभित्रका अधिकांश सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर रहेको बताईएको छ ।
व्यवस्थापकिय पक्षको कमजोरी,शिक्षक दरबन्दीको अभाव,अनुगमनको कमी र सरोकारवालाहरुको विद्यालयप्रतिको चासो कम रहेको पाईएको कार्यपत्रमा उल्लेख गरीएको छ । विद्यालयमा आवश्यक दरवन्दी उपलब्ध गराउन नसकेको,शिक्षा निशुल्क भनेतापनी विद्यालयमा निनि स्रोतबाट शिक्षक राख्नु अनिवार्य भएको कार्यपत्रमा उल्लेख गरीएको छ । त्यसैगरी शिक्षक अभावका कारण केहि विद्यालय बन्द हुने अवस्थामा पुगेको बताईएको छ भने भुगोलका आधारमा केहि विद्यालय समायोजन गर्नुपर्ने देखीएको पनी कार्यपत्रमा उल्लेख गरीएको छ ।

शिक्षक दरवन्दी मिलान गर्नुपर्ने,शैक्षीक भ्रमणका कार्यक्रम गर्नुपर्ने,अन्तरविद्यालय नमुना कक्षा प्रर्दशन,कोचिगं कक्षा सञ्चालन,अतिरित्त क्रियाकलाप सञ्चालन,सम्मान कार्यक्रम,भौति सुधार कार्यक्रम लगायत अगाडी बढाउनुपर्ने कार्यपत्रमा उल्लेख छ । कार्यपत्र प्रस्तुत गर्दै शाहले शैक्षिक सामग्री वितरण,शैक्षिक महोत्सव,नगरप्रमुख शैक्षिक सुधार अभियान,विद्यालय व्यवस्थापन समिति अन्र्तक्रिया लगायतका कार्यक्रम गर्नुपर्ने बताए । शिक्षाको सञ्चालन,रेखदेख,अनुगमन र व्यवस्थापकिय जिम्मेवारी स्थानीय सरकारको भएपनी वेवास्ता गरीएको उनले गुनासो गरे ।
शाहले शिक्षा,स्वास्थ्यलाई प्राथमिकतामा राखीएको भनी राजनिति व्यत्तिहरुले भाषण गरेता पनी व्यवहारिकतामा भने त्यस्तो नदेखीएको बताए । उनले नगरपालीकाको शिक्षा शाखा प्रविधीमैत्री नरहेको बताए । शाहले व्यवस्थापन समितिका अध्यक्षहरुको नाम र सम्पर्क नम्बर समेत शिक्षा शाखाले उपलब्ध गराउन नसकेको भन्दैै शाखामा कुनै पनी प्रकारको तथ्यांक स्पष्ट नरहकोे बताए ।
छलफल तथा अन्र्तक्रियामा सहभागी अधिकांश विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुले नगर प्रमुख एवम् शिक्षा शाखा प्रति असन्तुष्टी जनाएका छन् । उनीहरुले नगर प्रमुखले हालसम्म एकपटक पनी विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग छलफल गर्ने प्रयास समेत नगरेको गुनासो पोखे । शैक्षिक सुधारकालागी विभीन्न खाले कार्यक्रमहरु सुरु गर्नुपर्ने,समय समयमा अनुगमन गर्नुपर्ने भएपनी नगरप्रमुख र शिक्षा शाखाले त्यसो नगरेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।
नवज्योतिम मा वि मालाखेतीका अध्यक्ष चक्र नागरिले व्यवस्थापन समितिका अध्यक्षहरुको वैठक राख्नुपर्ने भएपनी वेवास्ता गरीएको बताए । मा वि सञ्चालनपछी आफ्नो विद्यालयमा व्ययभार थपीएको उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तािलम दिनु अनिवार्य रहेको नागरिले बताए । छलफलमा उपस्थीत अध्यक्षहरुले शैक्षिक तथा जनशत्ति अभाव,आयश्रोत अभाव,खानेपानी तथा शौचालयको समस्या,भौतिक संरचना अभाव लगायतका समस्या रहेको बताए ।
विविध समस्याहरुको समाधानकालागी आजै सामुदायिक विद्यालय व्यवस्थापन समुन्वय समिति गठन गरीएको छ । समितिको अध्यक्षमा दुर्गालक्ष्मी नमुना मा वि का अध्यक्ष गणेश शाह चयन भएका छन् ।



















