
गोदावरीको एक विद्यालयमा छात्रा निरन्तर बेहोस हुन थाले,आज शिविरको आयोजना


अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा रहेको ग्वासी मा वि मा अध्ययनरत छात्राहरु निरन्तर रुपमा विद्यालयमै बेहोस हुन थालेका छन् । दिहुँजसो पाँच÷छ जना छात्रा बेहोस हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश ताम्राकारले बताए । यो समस्या लामो समयदेखी नै रहेको भएपनी करिब चार महिनादेखी बढेको छ ।
उनका अनुसार बाह्र वर्षभन्दा माथील्लो उमेरका छात्राहरुमा यो समस्या अधिक देखीएको छ । छात्राहरुमा बेहोस भएर ढल्ने,काप्ने,बकबकाउने लगायतका लक्षण देखीने गरेको छन् । बिहानै विद्यालय आउदा भोकभोकै आउने भएका कारण पनी यस्तो भएको हुनसक्ने अनुमान आफुहरुको रहेको ताम्रकारले बताए । दिनप्रतिदिन समस्या बढ्दै गएपछी अभिभावक भेला बोलाएर छलफल गरीने पनी उनले बताए ।
आज शिविर बस्दै

सोहि समस्या समाधानकालागी आज स्वास्थ्य शिविरको आयोजना गरीएको ताम्राकारले बताएका छन् । मालाखेती अस्पताल र पदमा अस्पातलसंगको सहकार्यमा विद्यालयमा आज १० बजेदेखी शिविर बस्ने उनले बताएका छन् । छात्राहरुको शारिरिक समस्याका कारण यस्तो भएको हुनसक्ने आशंकाले शिविरको आयोजना गरीएको बताईएको छ ।
