पेट्रोलियम पदार्थको मूल्यवृद्धि‚ ग्यासमा २३५ रुपैयाँ बढ्यो

Image
maya metro

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।

nisarga

निगमले मूल्य वृद्धि आज राति १२ बजेदेखि लागू हुने जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ।