

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा नगरस्तरिय हाँजिरीजवाफ प्रतियोगिता समपन्न भएकोे छ ।
पि एफ ए स्पोट्स क्लबको आयोजनामा आज समपन्न भएको नगरस्तरीय हाँजिरीजवाफ प्रतियोगितामा अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा वि प्रथम भएको छ ।
त्यसैगरी प्रतियोगितामा सत्यवती एकेडेमी द्धितिय भएको छ भने एभरेष्ट एकेडेमी तृतिय भएको छ । सैनीक महाविद्यालय तेघरीले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १७ ओटा विद्यालय सहभागी भएका थिए ।

अत्तरियाको नमस्ते पार्टी प्योलेसमा हुने उत्त हाँजिरीजवाफ प्रतियोगितामा प्रथम,द्धितिय, तृतिय र सान्त्वना स्थान हाँसील गर्ने विद्यार्थीहरुलाई शैक्षीक सामग्री तथा प्रमाण पत्र प्रदान गरीएको छ ।
