

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित राजश्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेका हुन ।
सुरक्षा जाँचका क्रममा ठूलोमात्रामा नगद फेलापछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
