सर्पको टोकाइबाट एक किशोर गम्भीर घाइते

बैतडी – सर्पको टोकाइबाट एक किशोर गम्भीर घाइते भएका छन् । बैतडीको मेलौली नगरपालिका १ बगजेबलाका १७ बर्षीय सुजल दयाललाई सर्पले टोकेको हो ।

उनलाई शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए । सर्पले सुजलको दाहिने खुट्टाको औंलामा टोकेको र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

यो बर्षमात्रै बैतडीमा बिषालु सर्पको टोकाइबाट चार जनाको मृत्यु भइसकेको छ । पञ्चेश्वर गाउँपालिका तीनजना र सिगास गाउँपालिकाका एकजनाको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।