Attariya Hospital Pvt.Ltd.

जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा

padma
milan sunchadi

बैतडी – संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको छ । ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरीका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका छन् । जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चारजनाको मात्रै बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।

कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६ का खेमराज महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन् ।

Siddi ganesh

२५ जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा अब ७५ जना कैदीबन्दी रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.