दशैँलाई मात्रै धान्ने चिनी स्टक

Image
maya metro

काठमाडाैँ – दशैँलाई मात्रै धान्ने चिनी स्टक रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका जानकारी दिएकाे छ।

अहिले १ लाख ८८ हजार क्विन्टल चिनी विभिन्न उद्योग तथा फर्महरूमा स्टक रहेको विभागले जनाएकाे छ। यसले दशैँलाई मात्रै पुग्ने विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए।

nisarga

विभागले अनुगमन टोली बनाएर ठूला चिनी उद्योग तथा गोदामहरूमा स्टकबारे अध्ययन गरिरहेको छ। विभागले तीहार र छठ पर्वमा चिनी अभाव हुन नदिन १ लाख ८८ हजार क्न्टिल स्टकलाई बढाएर ५ लाख क्विन्टल पुर्‍याउने गरी उद्योगहरूमा अध्ययन गर्ने लक्ष्य लिएको छ ।