अत्तरिया – मंगलबार दिउँसो गएको भूकम्पबाट बझाङको बाल विकास माविमा क्षति पुगेकोे छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ४ मा रहेको उत्त विद्यालयको भवन भत्कीएको हो ।
मङ्गलवार दिउँसो बझाङको तल्कोट केन्द्रविन्दु भएर २ बजेर ४० मिनेट र ३ बजेर ६ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो पटकको पराकम्प लगत्तै विद्यार्थीलाई घर पठाउँदा कुनै मानविय क्षति भने हुन नपाएको बाल विकास माविका शिक्षक नरेन्द्र उपाध्यायले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।