
तिम्रो हातमा हात मिलाएर काम गर्नु छ
जिन्दगी यो आफ्नो वेगमा बगेको छ
मलाई थाहा छ तिमि मेरै हौ
मेरो खबर तिमिले पाउनेछौ
यो धड्कन चलिरहेछ केही आशा मनमा छ
तिमि आउँ मेरो सामु केही कुरा भन्नु छ
तिमि मेरो दिलको सपना हौ तिमी सजग छौ
मेरो निद्रामा सपनीमा पनि देखिन्छौ

तिमि मेरो सबै थोक हौ हरेक मुस्कानमा तिमी बस्छौ
कहिलेकाहीँ मलाई हँसाउँछौ कहिले काहीँ रुवाउँछौ
म तिमीलाई हरेक पल सम्झन्छु निदाउन सक्दिन
तिमिलाई सबै कुरा बुझाउन मैले सक्दिन
तिमिलाई मेरो कथा सुनाउन बाकी छ
तिम्रै मायामा बिताएका हरेक पल राम्रो लाग्छ
तिम्रै यादहरू म सँग छ भन्ने सोच्दा राम्रो लाग्छ
जब म तिमीलाई देख्छु, सबै कुरा राम्रो लाग्छ
तिम्रो आँखाको सपना बनेर आउनु छ
अब पूरा जिन्दगी तिम्रो साथमा बिताउनु छ
हरेक सुख ,दुःखमा सधैँ साथमा रहनु छ
यो धड्कन चलिरहेछ केही आशा मनमा छ
तिम्रो हातमा हात मिलाएर काम गर्नु छ
जिन्दगी यो आफ्नो वेगमा बगेको छ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी















