गोदावरीको स्थानीय पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको स्थानीय पाठ्पुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कक्षा ४ देखी ८ सम्मको पाठ्यक्रम चालु शैक्षिक सत्रदेखी लागु गरिसकेको नगरपालिकाले पाठ्पुस्तक भने निर्माण गर्न सकेको थिएन् । आगामी शैक्षीक सत्रदेखी वितरण गर्नेगरी संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई पाठ्यपुस्तक प्रकाशन गर्न लागेको हो ।नगरपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम गत बर्ष नै तयार पारेर लागु गरिसकेको थियो तर पाठ्पुस्तक भने निर्माण गरिएको थिएन ।

कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माण चालु शैक्षिक सत्रदेखी लागु गरेको हो । तर पाठ्यपुस्तक विना नै यस वर्ष अध्ययन,अध्यापन भईरहेको गोदावरी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । कक्षा १ देखी ३ सम्मको पाठ्पुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण टोलीमा सहभागी शिव आधारभुत विद्यालय ओलानीका प्रधानाध्यापक दिर्घराज भट्टले जानकारी दिए । दशैँ तिहारको बिदा अवधी भरीमा पाठ्पुस्तक तयारी पारी सक्ने गरी आफुहरु लागेको उनले बताए । त्यस्तै कक्षा ४ देखी ८ सम्मको पाठ्यपुस्तक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पाठ्पुस्तक निर्माण टोलीमा रहेका दुर्गालक्ष्मी नमुना मा वि का प्रधानाध्यापक शिवराज जोशीले जानकारी दिएका छन् ।

nisarga

उनले मंसिरदेखी छपाई सुरु गरिने र आगामी वर्ष विद्यार्थीले समयमै स्थानीय पाठ्पुस्तक पाउने बताएका छन् । ‘पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको छ जोशीले भने मंसिरभित्र छपाईकालागि तयार गर्ने गरी काम गरिरहेका छौँ । ’ हाम्रो गोदावरी नामक स्थानीय पाठय्पुस्तकमा स्थानीय भूगोल, प्राकृतिक श्रोतहरु,सडक सञ्जाल,खानेपानी,शैक्षिक तथा स्वास्थ्य सँस्थाहरु,विधुत,पेशा व्यवशाय,सरसफाई तथा फोहोर व्यवस्थापनका बारेमा उल्लेख गरिएको जोशीले बताएका छन् । त्यस्तै पाठ्पुस्तकमा नगर भित्रको क्षेत्रको रहनसहन,कला सँस्कृति,धार्मीक तथा एतिहासिक क्षेत्र तथा विभीन्न क्षेत्रमा योगदान पुर्याउने व्यत्तिहरुको बारेमा समेट्ने प्रयास गरीएको उनले बताएका छन् । पाठ्यपुस्तक निर्माणकालागि नगरापलिकाकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको हो । पाठ्यक्रम निर्माण गर्नु पनि अघि यस क्षेत्रका अगुवा शिक्षकहरु संग सुझाव संकलन गरिएको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारुपले स्थानीय पेशा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने क्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा अगाडी सारिएको थियो ।

स्थानीय पाठ्यक्रमले आफ्नो समाजप्रति जिम्मेवारी बोध हुने र पर्यटन विकास तथा संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरीएको नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक विष्णु अवस्थीले बताए । ‘नगरपालिकाले १ देखि ८ कक्षासम्मको पाठ्यपुस्तकमा यस क्षेत्रको भुगोल, पर्यटकीयस्थलहरू, प्राकृतिक तथा धार्मिक सम्पदाहरू र परम्परागत पर्वहरुका विषय समावेश गरीको छ’, उनले भने । नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था रहेको छ । सो अन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।