Attariya Hospital Pvt.Ltd.

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,१९ जना घाइते

padma
milan sunchadi

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुकी भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर करिब ८ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । २४ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडी देखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.