bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

झुलाघाट नाका एक घण्टा छिटो बन्द गरिने

padma
milan sunchadi

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने परिवर्तन गरिएको समय छ। नाका खुल्ने समय साविककै रहने र बन्द हुने समय मात्रै परिवर्तन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

यसअघि बेलुका सवा ७ बजे बन्द हुँदै आएको नाका बुधबार बेलुकादेखि एक घण्टा छिटो सवा ६ बजे बन्द हुने गरेको छ।

केही महिनाअघि बसेको सीमा समन्वय समितिको बैठकले शीतकालीन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार बुधबारदेखि उक्त निर्णय कार्यान्वयनमा आएको हो।

Siddi ganesh

कात्तिक १५ गतेदेखि फेब्रुअरी मसान्तसम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ग्रीष्मकालीन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने सहमति भएको छ। उक्त सहमतिअनुसार मार्च १ देखि अक्टुबर मसान्तसम्म सीमा बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुनेछ।

शीतकालीन समयमा छिटै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको जनाएको छ।

झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको भारतसँगको मुख्य नाका हो।

झुलाघाट नाकामा करिब दुई सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। पुल मर्मतका लागि नाका वेलावेलामा बन्द पनि गर्ने गरिएको छ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.