

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ स्थीत बन्दगडामा निर्माणधिन मष्टाधामको काम अन्तिम चरणमा पुगेको छ । २०७६ सालमा निर्माण सुरु गरिएको उत्त धामको धार्मीक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिएका छन् । ६५ विधा क्षेत्रफलमा फैलीएको उत्त धाममा स्टोनपार्क,सेल्फीपार्क,तालक्षेत्र,पिकनिक स्पोर्ट,ध्यान केन्द्र बन्न बाँकी रहेका छन् ।
धार्मीक संरचनाको निर्माण पहिले सम्पन्न गरेर बाँकी निर्माण गर्दै जाने उनले बताएका छन् । त्यस्तै १०८ फिटको त्रिशुल राख्ने कार्य,तीन नाडको एघार सय किलोको घण्ट राख्ने कार्य पनि बाँकी रहेको उनले बताए । उत्त त्रिशुल विश्वकै ठुलो त्रिशुल हुनेछ । मष्टाधाममा वडा,नगर,प्रदेश र संघ गरी चारै तहका सरकारको लगानी रहेको छ ।

उत्त धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ भने मुख्य पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना समितिको रहेको छ । मष्टाधाममा अचेल पनि दिनहुँजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् । निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याई दैनिक एक सयदेखी एक हजारसम्म पर्यटन मष्टाधाममा भित्र्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष साउँदले बताए ।
मष्टाधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी होमस्टेको अवधारणा पनि अघि सारीएको उनको भनाई छ । धाम निर्माण सम्पन्न भएर पुर्ण रुपमा सञ्चालनमा आएमा स्थानीयलाई व्यसायीक रुपमा पनि फाइदा हुने साउँदले बताएका छन् । ११ करोडको उत्त योजनामा यो वर्ष १ करोड २५ लाख रुपैयाँ बजेट रहेको छ ।
