

अत्तरिया – धनगढीबाट बाजुरा जाँदै गरको जिप डोटीमा दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ ।
केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका वडा नम्बर ६ अण्डौलमा ग२ च २७७६ नम्बरको बोलेरो जिप राति २ बजेर २८ मिनेटमा जिप दुर्घटना हुँदा ८ महिने शिशु सहित ४ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ
मृत्यु हुनेमा बाजुराको हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षिया राधिका मलाल, ३२ बर्षिया धनशोभा बुढा, उनका ६ बर्षिय छोरा कबिन्द्र बुढा, सोही गाँउकी बिमला मलालकी ८ महिने छोरी प्राथना मलालको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा हिमाली गाँउपालिका वडा नं ५ कै ३० वर्षीय प्रकाुश बुढा,२३ वर्षीय खोम बहादुर मलाल,२४ वर्षीय दान बहादुर बुढा,२ज्ञ वर्षीय बिमला मलाल र २१ वर्षीय राजु मलाल रहेको प्रहरीले जनाएको छ । घाइते मध्य बिमला मलालको अवस्गा गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट ५० मिटर तल सेती नदिमा खसेको प्रहरीले बताएको छ ।
