
सुखड – कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा राति एक घरमा चोरी भएको छ ।
आईतबार राति निम्दीमा बस्ने पारस गौतमको घरमा चोरी भएको हो । लुटेरा समूहले घरका सबै सदस्य बाहिर रहेको मौका छोपी चोरी भएको खुल्न आएको छ ।

आईतबार राति करिब ११ः३० बजे लुटेरा समूहले घर तोडफोड गरेर नगद ४७ हजार र गरगहना गरी करिब ६ लाख ४५ हजार बढी लुटपाट गरेर लगेको पीडित पारस गौतम जानकारी दिए ।
घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
















