Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम महोत्सवको टिकट मोबाइलबाटै खरिद गर्न सकिने

padma
milan sunchadi

धनगढी – १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ ।कैलाली उद्योग बाणिज्य संघको आयोजनामा यहि मंसिर २२ गतेदेखि पुष २ गतेसम्म लाग्ने महोत्सवको प्रवेश शुल्क मोवाईल वालेट खल्तीबाट खरिद गर्न सकिने भएको हो ।

समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यस बर्षको टिकट खल्तीबाट बिक्रि गरिने आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

अघिल्लो बर्षसम्म प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट विक्री गर्दै आएको आयोजकले यस बर्षदेखि दर्शकको सहजताका लागि मोबाइलबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

Siddi ganesh

यस बर्षको महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५० र साधारणालाई रु १०० तोकेको छ भने फरक क्षमता भएका व्यक्तिहरुको लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

आफ्नो मोबाइलमा भएको खल्तीको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसी मोबाइलबाटै टिकट बुक गर्न सकिने छ ।

Nawadurga
Loading...