नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

Image
फाइल फोटो
maya metro

काठमाडौं – दुई किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

nisarga

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ। पक्राउ पर्ने तीनजना गौरीशंकर गाउँपालिकाका व्यक्ति हुन्। उनीहरूले रसुवा नाकाबाट सुन ल्याएको खुलेको रेग्मीले बताए। गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुनसहित २ जना पक्राउ परेका थिए।