अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारमा भोलि लाइभ डेउडा कार्यक्रम हुने भएको छ ।
डेउडा सँस्कृति संरक्षण प्रतिष्ठानले स्याउले बजारको विश्वनाथ शिव मन्दिरको प्रांगणमा डेउडा लाइभ कार्यक्रमको आयोजना गर्ने भएको हो ।
प्रतिष्ठानले बिहान ११ बजेदेखि विभिन्न डेउडा कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।