डडेल्धुरा – डडेल्धुराको पर्शुराम नगरपालिका वडा नं ७ मा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालयका अत्ति बिपन्न, गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई ट्रयाक सुट, स्कुल ब्याग, शैक्षिक समाग्रीहरु वितरण गरिएको छ ।
लालीगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाको सहयोगमा कञ्चनपुरको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समाजसेवी चाँदनी ऐरले सो शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।
चौराह स्पोर्ट्स एसोसिएसनका संस्थापक अध्यक्ष समाजसेवी दिनेश अवस्थीको समन्वयमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प्रधानाध्यापक ,वडा सदस्य ,शिक्षक शिक्षिका , अभिभावकहरू लगायत समाजसेवी डा. कृष्ण दत्त जोशी बोक्सर, समाजसेवी वीर बहादुर बोहरा , समाजसेवी कृष्ण चन्द लगायतको सहभागिता रहेको थियो।
लालिगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाले नेपालमा मात्रै नभएर बिदेशमा कैयौं अलपत्र नेपाली युवाहरुको उद्दार पनि गर्दै आएको ऐरले बताईन् ।