गोदावरीधाममा दर्शनार्थीको घुँइचो (फाेटाे फिचर)

Image
maya metro

अत्तरिया – आज मकर अर्थात माघी संक्रान्तिको दिन कैलालीको गोदावरीधाममा दर्शनार्थीको घुँइचो लागेको छ ।

nisarga

दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गरिन्छन्।

धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ । गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागी स्नान कुण्ड सहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ । गोदावरी धाममा हिजो रातीदेखी आज दिनभर नै स्नान तथा दर्शन गर्ने भत्तजनहरुको भिड लाग्ने गर्दछ ।