अत्तरिया महोत्सवमा भएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा अत्तरियामै रहेको सत्यवती एकेडेमीले प्रथम स्थान हाँसिल गरेको छ ।

हिजो भएको प्रतियोगितामा अत्तरियाकै दुर्गालक्ष्मी नमुना माविले दोस्रो स्थान हाँसिल गरेको छ भने अत्तरियाकै पुष्पाञ्जली मावि तेस्रो भएको छ । त्यस्तै गोदावरी ७ मा रहेको सुनगाभा मण्टेश्वरी उत्कृष्टमा छनोट भएको छ ।

प्रथमलाई ११ हजार १११,द्धितियलाई ६ हजार १११ र तृतिय स्थान हाँसिल गर्ने विद्यालयलाई ४हजार १११ नगद रकम आज समापन समारोहमा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताकालागि २६ ओटा विद्यालय दर्ता भएका थिए भने २४ विद्यालयले सहभागिता जनाएका थिए ।