अत्तरिया – नेकपा एमालेले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटिया नदीको अनुगमन गरेको छ । एमाले गोदावरी नगर कमिटिको नेतृत्वमा खुटिया नदीको नदीजन्य पर्दाथ उठाईएका ठाँउहरु तथा खुटिया पुल र वडा नम्बर ९ स्थीत सेहरीको झोलुंगे पुलको अनुगमन गरिएको हो ।
खुटिया नदीबाट मनोमानी ढंगले नदीजन्य पर्दाथ ढुवानी गरी नदीमाथी बनेका संरचना र नदी किनारका बस्तीहरुमा असर परेको निरक्षणकाक्रममा पाईएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एवम् गोदावरी नगर कमिटिका अध्यक्ष गोर्कण भट्टले बताएका छन् । उनले नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पर्दाथ निकासी गरिरहेको पाईएको बताएका छन् ।
वातावरणीय प्रभाव मुंल्याकन (इआइए) गरिएको ठाँउभन्दा वरैबाट उत्खनन् भईरहेको र अनुमति लिएभन्दा बढी गहिराईसम्म उत्खनन् भईरहेको उनले बताए । गोदावरी नगरपालिकाका निर्वतमान नगर प्रमुख हरिसिंह साउँदले स्थानीय भौगोलीक अवस्था र जनतालाई असर नपर्ने गरी उत्खनन् गर्नुपर्नेमा खुटिया नदीमा त्यस्तो नदेखीएको बताए ।
प्राविधीकको सहयोगमा निश्चीत ठाँउमा रेखांकन् गरी उत्खन्न गर्नुपर्ने प्रावधान रहेकोमा हाल त्यस्तो नदेखीएको उनले बताए । त्यस्तै निरीक्षणपछी वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले खुटिया नदीले कटान बढाउँदै लग्दा समेत तटबन्धकोलागी नगरपालिकाले वेवास्ता गरिहेको बताए । उनले स्थानीयहरुको माग सम्बोधन नहुनु दुखद भएको बताए ।
त्यस्तै एमालेकी पुर्व जिल्ला कमिटि सदस्य रत्ना कुवर जोशीले मापदण्ड विपरीत नदीजन्य पर्दाथ उत्खनन् गर्दा विकराल समस्या सिर्जना हुने भन्दै स्थानीय सरकार र स्थानीय बासीले समयमै सचेत हुनुपर्ने बताईन् । मापदण्ड बमोजिम नदीजन्य पर्दाथ उत्खनन् गर्न राजश्व चुहावट नर्गन समेत एमालेले गोदावरी नगरपालिकालाई खबरदारी गरेको छ ।