Attariya Hospital Pvt.Ltd.

गौरीगंगा-५ का घर पालुवा तथा सामुदायिक कुकुरलाई रेबिज विरुद्ध निःशुल्क खोप

padma
milan sunchadi

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा १७० घर पालुवा तथा सामुदायिक कुकुरलाई रेबिज विरुद्ध निःशुल्क खोप लगाईएको छ ।

आज नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ(नेल्टा)को आयोजना, गौरीगंगा नगरपालिका वडा नम्बर ५को समन्वय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीको सहकार्यमा गौरीगंगा ५ का घर पालुवा तथा सामुदायिक कुकुरलाई रेबिज विरुद्ध निःशुल्क खोप लगाईएको हो ।

नेल्टाका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिब हेमन्त राज जोशी(बाजे)को सभापतित्वमा सम्पन्न् उक्त कार्यक्रममा  वडा नम्बर ५ का अध्यक्ष विष्णु भाट,भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालय डाक्टर रिचा फुँयाल लगायत सहभागीता रहेको थियो ।

Siddi ganesh

कार्यक्रममा रेबिजबारे सचेतना पनि गरिएको थियो । नगर भित्रका सम्पूर्ण वडाहरुमा उक्त कार्यक्रम संचालन गरिने नेल्टा प्रदेश सचिब जोशीले जानकारी दिएका छन् ।

Nawadurga
Loading...