आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’

Image
maya metro

अत्तरिया – आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’। विश्वभर विषेश रुपमा मनाइँदैछ। आजको दिन आफूलाई प्रेम गर्ने विशेष व्यक्तिलाई फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ।

यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। प्रणय दिवसको अवसरमा आज प्रेम जोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ ।

nisarga

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।