अत्तरियामा एकदिवसीय करदाता शिक्षा तथा अन्तरक्रिया

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा एकदिवसीय करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आन्तरिक राजस्व कार्यालय धनगढी र गोदावरी होटल व्यवसायी संघ अत्तरियाको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाभित्रका ७० जना होटल व्यवसायीहरुसंग करदाता शिक्षाको बारेमा अन्तरक्रिया गरिएको हो ।

nisarga

गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्षमण धामीको सभापतित्व तथा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत मोहन सिंह बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यपत्र पनि प्रस्तुत गरिएको थियोे  ।

कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत बस्नेतले व्यवसायीहरुले कर कानूनको पालना गरेमा विभिन्न किसिमका शुल्क तथा जरिवानाबाट छुटकारा पाउने बताए ।

करदाता शिक्षा सम्बन्धिका कार्यक्रम गर्नु आन्तरिक राजस्व कार्यालय र वस्तुगत संघ संस्थाको समेत दायित्व भएको उनले बताए ।