नक्कली टिकट प्रकरण : टिकट नक्कली नभएको पुष्टि भईसकेको भन्दै झुटो हल्ला बजारमा

Image
maya metro

अत्तरिया – अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट जिल्ला प्रहरी कार्यालय कैलालीले प्रमाणित गर्न ल्याबमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी कुलदिप चन्दका अनुसार ल्याब टेस्टको रिपोर्ट आएको छैन । “अनुसन्धानको सुरुमै ल्याबमा पठाएका हौँ, तर रिर्पोट आएको छैन । प्राविधिक विषय हो,ल्याबले कहिले हामीलाई रिपोर्ट उपलब्ध गराउँछ भन्ने ठ्याक्कै थाहा हुँदैन उनले सुदूर टाईम्ससंग भने, फलोअप भने नियमित गरिहेका छौँ ।”

nisarga

तर यता अत्तरिया क्षेत्रमा भने टिकट ल्याब टेस्टकालागि पठाईएको रिपोर्ट आईसकेको र टिकट नक्कली नभई सक्कली नै भएको पुष्टि भईसकेको भन्दै झुटो हल्ला फैलाईएको छ ।

कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन गरेको महोत्सवमा २८ ठेली नक्कली टिकट फेला परेको थियो ।

टिकट छपाईको जिम्मेवारी पाएका संघका सदस्य बम बहादुर बोगटी भने बरामद गरिएको २८ ठेली टिकट नक्कली नै भएको दावि गर्दै आएका छन् ।

यो पनि

नक्कली टिकट प्रकरण : हिरासतमा रहेका चारैजना रिहा,दुई अध्यक्ष अझै सम्पर्कबिहिन