Attariya Hospital Pvt.Ltd.

एमाले कैलाली अधिवेशन : आज १२ बजेदेखी मतदान

padma
milan sunchadi

अत्तरिया – कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

आज मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म मतदानको समय तोकिएको छ । नेतृत्वकालागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् ।

Siddi ganesh

अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका छन् ।

सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

अधिवेशन मार्फत केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

लेखा समितिको उपाध्यक्षमा पार्वती बराइली (रेसु) निर्विरोध निर्वाचित हुँदा सचिवमा गणेश बहादुर बोहरा पनि निर्विरोध भएका छन् ।

एक एक पदको उपाध्यक्ष र सचिवमा उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.