त्रिवि उपकुलपतिमा केशरजंग बराल नियुक्त

Image
maya metro

काठमाडौं – प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा. केशरजंग बराललाई नियुक्त गरेका छन्।

उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए। समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। तिनै नाममध्येबाट प्रधानमन्त्री दाहालले बराललाई आज नियुक्त गरेका हुन्।

nisarga

बराल पोखरा विश्वविद्यालयको पूर्व उपकुलपतिसमेत हुन्।