Attariya Hospital Pvt.Ltd.

इन्चार्जबाट हटाइएपछि खगराज असन्तुष्ट

padma
milan sunchadi

अत्तरिया – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट इन्चार्जबाट हटाइएपछि उनले असन्तुष्ट व्यक्त गरेका छन्।

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट व्यक्त गरेका हुन्।

मंगलबार भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति रहेको प्रचण्डलाई चार बुँदेमार्फत् बताएका छन्।

Siddi ganesh

‘प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन्।

sudur last

यस्तै, स्थायी समितिमा अध्यक्षबाट पेस भएका प्रस्ताव र निर्णयमा अनेकौं प्रश्न गम्भीर रूपमा देखापरेको उनले बताएका छन्।

‘स्थायी समिति बैठकवाट जुन निर्णय पारित भयो यसले सुदूरपश्चिमको पार्टीभित्र देखा परेको अराजकतालाई निरूत्साहित गर्छ वा प्रोत्साहन?,’ उनले प्रश्न गरेका छन्, ‘यो निर्णयले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ?’

भट्टले पार्टी संस्थागत निर्णयबाट वा अमुक व्यक्तिको चाहनाबाट सञ्चालन हुने भन्दै प्रश्न गरेका छन्।

अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिने समेत उनको प्रश्न छ।

स्थायी समितिको निर्णयले राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रूपमा बुझेको भट्टले बताएका छन‍्।

Nawadurga
Leave A Reply

Your email address will not be published.