Attariya Hospital Pvt.Ltd.

शिवशक्ति कप फुटबल प्रतियोगिताको फाइनल खेल आज,आर्मी र जोनापुर भिड्ने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा जारी तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

आज दिउँसो २ बजे सुरु हुने फाइनल खेलमा देवीदल गण तेघरी र जोनापुर युवा क्लब भिड्ने भएका छन् । शिवशक्ति युवा क्लबले आयोजना गरेको वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल प्रतियोगिताको गत फाल्गुन ८ वडा नम्बर ८ का वडा सदस्य चन्द्र बिसीले उद्घाटन गरेका थिए ।

स्याउले स्थीत शिवशक्ति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा कैलालीका २२ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रर्वद्धकमा वडा नम्बर ८ रहेको छ ।

Siddi ganesh

प्रतियोगिताका विजेतालाई नगद ५० हजार सहित,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्ने टिमलाई २१ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.