Attariya Hospital Pvt.Ltd.

शिवशक्ति कप : देवीदल गणलाई १–० ले हराउँदै जोनापुर युनाईटेड विजयी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा जारी तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिताको उपाधी जोनापुर युनाईटेड जोनापुरले जितेको छ ।

स्याउले स्थीत शिवशक्ति युवा क्लबको खेल मैदानमा आज दिउँसो भएकोे फाइनल खेलमा देवीदल गण तेघरीलाई १–० ले हराउँदै जोनापुर युनाईटेड विजयी भएको हो । जोनापुर युनाईटेडकालागि कमल देउवाले एक गोल गरे । विजेता बनेसंगै जोनापुर युनाईटेडले ५० हजार नगद सहित,ट्रफि उचालेको छ ।

उपविजेतामा चित्त बुझाएको देवीदल गण तेघरीले २१ हजार नगद सहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा जोनापुर युनाईटेडका कुबेर सिंह सर्बोत्कृष्ट खेलाडी घोषित भए भने देवीदल गण तेघरीका बिनोद चन्द बेस्ट डिफेन्डर घोषीत भए ।

Siddi ganesh

उत्कृष्ट गोलरक्षक पनि जोनापुर युनाईटेडकै लोकेन्द्र चौधरी घोषीत भए भने घोडाघोडी एफसीका विनोद थापा हाइस्कोर प्लेयर बने । शिवशक्ति युवा क्लबले आयोजना गरेको वडा स्तरीय खुला शिवशक्ति कप फुटबल प्रतियोगिताको गत फाल्गुन ८ गते वडा नम्बर ८ का वडा सदस्य चन्द्र बिसीले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा कैलालीका २२ ओटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य प्रर्वद्धकमा वडा नम्बर ८ रहेको थियो । त्यस्तै प्रतियोगितामा विभीन्न संघ सँस्था तथा व्यवसायीहरुले सहयोग गरेका थिए । सहयोग गर्ने संघसँस्था तथा व्यवसायीहरुलाई समापन समारोहमा सम्मान गरिएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.