
अत्तरिया – कैलालीको अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको अनुसन्धानकालागि मुख्य मानिएको ल्याब टेस्टको रिपोर्ट अझै आएको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो आउने भनिएको ल्याब टेस्टको रिपोर्ट नआएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार ल्याबका प्रमुख बाहिर रहेका कारण रिर्पोटमा ढिलाई भएको हो ।
यसअघि विष्टले हिजो ( सोमबार) ल्याब टेस्टको रिपोर्ट आउने बताएका थिए । नक्कली टिकट प्रकरणको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन गरेको महोत्सवमा २८ ठेली नक्कली टिकट फेला परेको थियो ।
सम्बन्धीत समाचार:
नक्कली टिकट प्रकरण : ल्याब टेस्टको रिपोर्ट आज आउने















