डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ। कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।

अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ। कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन्। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ।

nisarga

बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो। तर, कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन्।